एजेन्सी ।
उरुग्वेलाई हराउँदै कोलम्बिया कोपा अमेरिका फुटबलको सेमिफाइनल प्रवेश गरेको छ। केही बेर अघि सकिएको खेलमा कोलम्बियाले उरुग्वेलाई पेनाल्टी सुटआउटमा ४-२ ले हराएको हो । निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएको थियो । त्यसपछि थपिएको ३० मिनेटमा पनि कुनै टिमबाट गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।
पेनाल्टी सुटआउटमा कोलम्बियाले बाजी मार्यो । र, सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित बनायो । प्रतियोगिता अन्तरगत आजै अर्जेन्टिना र इक्वेडरबीच खेल हुँदै छ । अर्जेन्टिना र इक्वेडरको विजेताले कोलम्बियाको सामना गर्ने छ । यस अघि नै ब्राजिल र पेरु सेमिफाइनलमा पुगिसकेका छन् ।
प्रतिक्रिया