७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

इथियोपियामा जारी भिडन्तका कारण चार लाख भन्दा बढि मानिस भोकमरीमा



एजेन्सी ।

अफ्रिकी देश इथियोपियाको टिग्रे क्षेत्रमा जारी भिडन्तका कारण भोकमरीको अवस्था आएको र त्यसबाट चार लाख भन्दा बढि मानिस प्रभावित भएको संयुक्त राष्ट्रसंघका अधिकारीहरुले बताएका छन् । टिग्रे क्षेत्रमा जारी हिंसाका कारण उत्पन्न संकटका सम्बन्धमा संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा पहिलोपटक छलफल भएको हो ।

सो बैठकमा हिंसाका कारण उत्पन्न खाद्यय संकटले गर्दा ३३ हजार भन्दा बढि बालबालिका गम्भीर रुपमा कुपोषणको शिकार बनेको उल्लेख गरिएको छ । विगत ८ महिनादेखि जारी हिंसाका कारण थप १८ लाख मानिस भोकमरीको संघारमा पुगेको पनि अधिकारीहरुले बताएका छन् । युद्धविरामको घोषणा गरिए पनि हिंसा भने नरोकिएको भन्दै संयुक्त राष्ट्रसंघले चिन्ता व्यक्त गरेको छ ।

गएको सोमबार इथियोपिया सरकारले गएको सोमबार आफ्नो तर्फबाट युद्धविरामको घोषणा गरेको हो । तर विद्रोहीहरुले आफ्ना शत्रुहरुलाई परास्थ गरेरै छाड्ने बताएका छन् । टिग्रे पिपुल्स लिबरेशन फ्रन्ट (टिपिएलएफ) र सरकारी सुरक्षा बलबिच भिडन्त हुँदै आएको हो। हिंसामा परेर धेरै मानिसको ज्यान गएको छ। २० लाख भन्दा बढि मानिस बिस्थापित भएका छन्।

प्रकाशित मिति : १९ असार २०७८ शनिबार ००:००  २ : ३६ बजे