काठमाण्डौ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अब नेपालमा कोरोना भाइरस विरुद्धको खोपको अभाव सकिएको दाबी गर्नुभएको छ ।
त्रिशुली–३ बीको प्रसारण लाइन र सब(स्टेशनको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले मित्रराष्ट्रहरुसँगको संवादबाट खोपको समस्या समाधान भएको भन्दै अब खोप लगाउने अभियान नै चलाउने दाबी गर्नुभयो । अब लगातार खोप आउने भएकोले पहिले जोखिमयुक्त समूहलाई र त्यसपछि क्रमश सबै नागरिकलाई खोप दिने ओलीले बताउनुभयो ।
उहाँले हप्ता पन्ध्र दिनमै नसकिए पनि जोखिमका हिसाबले समूह तोकेर लगातार खोप दिने बताउनुभयो । सरकारकै प्रयासबाट नेपालमा कोरोना महामारीको सम्भावित क्षति कम भएको दाबी गर्दै उहाँले अब खोप पनि आउने भएपछि थप सुरक्षित भइने बताउनुभयो ।
प्रतिक्रिया