मायादेवी अनलाइन, चारनम्बर ।
निकै पुरानो स्कुल बाल माध्यमिक विद्यालय बैरियामा यसवर्षदेखि अंग्रेजी माध्यमबाट पठन-पाठन शुरु हुने भएको छ । विद्यालयले प्ले ग्रुपदेखि कक्षा ५ सम्म अंग्रेजी माध्यमबाट पठनपाठनको तयारी गरेपछि शिक्षक अभिभावक सकृय भएका छन् ।
विद्यालयमा नयाँ व्यवस्थापनका साथ अंग्रेजी माध्यमबाट पढाई सूचारु गर्ने भएपछि शिक्षक, अभिभावक, जनप्रतिनिधी, समाजसेवी, बालबालिका भर्नाका लागि घरदैलोमा सकृय भएका हुन् । विगतमा कहलिएको बाल मा.वि. पछि आएर क्रमश विद्यार्थीको संख्या घट्दै गएपछि समयको माग अनुसार अंग्रेजी माध्यममा जानु परेको हो । नया उत्साहका साथ प्रद्यानाध्यापक, शिक्षक, शिक्षिका, विद्यालय व्यवस्थापन समिति, वडा अध्यक्ष, सदस्य, समाजसेवी विद्यालयको शैक्षिक गुणस्तर बृद्धिका लागि सकृय भएका छन् ।
अभिभावकको चाहना र माग अनुसार विद्यालय व्यवस्थापन समितिले अंग्रेजी माध्यमबाट यसवर्षदेखि कक्षा ५ सम्म संचालन गर्ने विद्यालयले जनाएको छ । पहिलो चरणमा पर्याप्त श्रोत साधन र समय अभावका कारण कक्षा ५ सम्म अंग्रेजी माध्यम संचालन हुनेछ भने अर्को वर्ष कक्षा ९ सम्म पु¥याउने लक्ष्य रहेको विद्यालयका प्रद्यानाध्यापक अर्जुन शाहीले जानकारी दिनुभयो । विद्यालयको सेवा क्षेत्र भित्रका बालबालिकाहरु बोर्डिङ्ग स्कूलमा पढ्न जाने थालेपछि आफुहरु पनि अंग्रेजी माध्यमबाट कक्षा शुरु गर्नु परेको प्रअ शाहीले बताउनुभयो । उहाँले अभिभावकको चाहना वमोजिम समय सापेक्ष बनाउदै विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा जोड दिएर अंग्रेजी माध्यम संचालन गरिएको बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डोलकराम घिमिरेले विद्यालयमा विद्यार्थी संख्या कम हुँदै जानुले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गरेर नयाँ व्यवस्थापनका साथ विद्यालयलाई अघि बढाउने लक्ष्य राखेको बताउनुभयो । उहाँले बाल मा.वि.ले अवका वर्षमा शैक्षिक कृयाकलापमा उल्लेखनीय प्रगति हासिल गर्ने गरी योजना ल्याएको बताउनुभयो ।
आफनो वडा भित्रको विद्यालयको शैक्षिक विकासमा आफुले सक्दो सहयोग गर्ने वडाअध्यक्ष बाल कुमारी अधिकारीले बताउनुभयो । घरदैलो अभियानमा अभिभावकलाई नजिकको विद्यालयमा विद्यार्थी पठाउन अनुरोध गर्दै गुणस्तरीय शिक्षा प्राप्त गर्नेमा विश्वास गर्न आग्रह गर्नुभयो ।
अंग्रेजी माध्यम व्यवस्थापन संयोजक कृष्ण भट्टराईले एकपटक विद्यालयमा बालबालिका पठाएर हेर्न अभिभावकलाई आग्रह गर्दै दक्ष एवं अनुभवी शिक्षक शिक्षिकाहरुबाट अध्यापन गराउने साथै विद्यालयले राम्रो नतिजा दिने बताउनुभयो ।
विद्यार्थी भर्ना घरदैलो अभियानमा वडा अध्यक्ष बाल कुमारी अधिकारी, प्रअ अर्जुन शाही, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डोलकराम घिमिरे, शिक्षक ओम प्रकाश घिमिरे, समाजसेवी अमित पौडेल, घनश्याम घिमिरे, मनोज पौडेल, हरि अधिकारी, राम प्रसाद पौडेल, महादेव खरेल लगाएतको सहभागीता रहेको थियो ।
प्रतिक्रिया