२ जेष्ठ २०८२, बिहिबार | Fri May 16 2025

कोरोना खोपको माग गर्दै शिक्षकद्धारा धर्ना



बिष्णु कुमार आले, अर्घाखाँची ।

नेपाल शिक्षक महासंघको आयोजनामा अर्घाखाँचीका ६ स्थानीय तह लगायत देशभरीका ७५३ स्थानियतहमा शिक्षकले ३ घण्टा धर्ना दिएका छन् । जिल्लाको सन्धिखर्क, शितगंगा र भुमिकास्थान नगरपालीका र मालारानी,पाणिनी र छत्रदेव गाउँपालीकामा बिहान १० बजेदेखी १ बजेसम्म ३ घण्टा धर्ना दिएका हुन् ।

कोरोना माहामारीका बेला शिक्षक र बिधार्थीहरुलाई स्कुल संचालन हुनु भन्दा अगाडि कोभिड बिरुद्दको खोप लगाउनु पर्ने, राहत शिक्षकहरुका समस्या समाधान गर्नुपर्ने, संघिय शिक्षा ऐन जारी गर्नुपर्ने, बालबिकास शिक्षिकाहरुको पारिश्रमिक उचित ब्यबस्थापन हुनुपर्ने, बिधालय कर्मचारिहरुको समस्या सुनुवाइ हुनुपर्ने जस्ता ३४ सुत्रिय माग राख्दै शिक्षक महासंघको आयोजनामा शुक्रबार ३ घण्टा देशभरका सबै स्थानियतहमा धर्ना दिएको हो ।

आन्दोलनरत शिक्षकहरुले हाम्रो माग पूरा गर, संघिय शिक्षा ऐन जारी गर जस्ता प्लेकार्ड छातिमा टासेर सब्य र शान्तिपुर्ण रूपमा धर्ना दिएका हुन् । विभिन्न पेसागत संघसंगठनहरूले पनि आन्दोलनलाई ऐक्यबद्धता जनाएका थिए ।

=गत बर्ष नेपाल सरकार र नेपाल शिक्षक महाँसघ बिच भएको ४० बुधे संझौता कार्यान्वयन गर्नुपर्ने उनिहरूको माग रहेको छ । २०७८-७९ को बजेटमा बालविकास शिक्षिक, सहयोगीलाई मासिक १५ हजार पारिश्रमिक दिने घोषणा भएपनि स्थानियतहले पैसा नभएको भन्दै कार्यान्वयन गर्न आनाकानी गरेको नेपाल शिक्षक महाँसघ शितगंगा परिचालन समितीका सदस्य धर्मराज खनालले बताए ।

संघीय सरकारका अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणमा बालविकासका शिक्षकरसहयोगीको मासिक तलब १५ हजार रुपैयाँ पुर्‍याउने घोषणा गरेका थिए । तर तलबमा थप्नुपर्ने रकम नगरपालिका र गाउँपालिकाले बजेटमा विनियोजन नगरेपछि नेपाल शिक्षक महाँसघ आन्दोलित भएको हो ।

प्रकाशित मिति : १८ असार २०७८ शुक्रबार ००:००  ४ : १६ बजे