मायादेवी अनलाइन, चारनम्बर ।
सचिव कृष्ण अर्याल ‘दाइ’ को निधनमा मुहान क्लव बाणगंगा नगरपालिका ४ झुँगाले शोक सभा सम्पन्न गरेको छ । अर्यालको निधनको ५ औँ दिनको पुण्यतिथिको अवसरमा शुक्रबार दिउसो वडा नम्बर ३ गंगौलीस्थित अर्यालको निवासमा शोक सभा सम्पन्न भएको हो । क्लवका अध्यक्ष रविन्द्र प्रताप सेनको नेतृत्वमा त्यहाँ पुगी मृत अर्यालको फोटोमा टिका र पुष्प अर्पण गर्दै श्रद्धाञ्जली दिदै शोकमा डुवेको परिवारजनप्रति गहिरो समवेदना ब्यक्त गरेका थिए ।
सचिव अर्यालको निधन पछि क्लवलाई अपुरर्णिय क्षति पुगेको भन्दै पलपलमा उहाँको स्मरण भइरहने अध्यक्ष सेनले बताउनु भयो । पछिल्लो समय माथिल्लो झुँगा चौपारीमा स्थापना भएको भगवान दुर्गाको मन्दिर स्थापनामा अर्यालको अहम् हात रहेको, क्लवले गर्ने खेलकुदका कार्यक्रममा अर्यालले दिएको अविष्मरणीय योगदानको स्मरण गर्दै क्लवका सदस्य अर्विन मल्ल, फणिन्द्र प्रताप सेन लगायतका युवाहरु एकैछिन् भकान्निए । उनीहरुले क्लवका एक जना सचेत अभिभावक र मार्गदर्शक गुमाएको भन्दै गहिरो दुख ब्यक्त गरे ।
विकृतिमाथि खरो उत्रने, भ्रष्टाचार र अनियमिततामाथि चुप भएर नबस्ने, जसलाई जे समस्या परे पनि काँध दिइहाल्ने चरित्रका कृष्ण अर्यालको निधन क्लव लागि मात्र नभएर सिंगो नगरले लागि क्षतिपूर्ण भएको क्लवका सदस्य तथा पत्रकार चन्द्रकान्त न्यौपानेको भनाई छ । कृष्ण दाजुले देखाएको बाटोमा लागे मात्र उहाँप्रति सच्चा श्रद्धाञ्जली हुने न्यौपानेले बताउनु भयो ।
अर्यालको यही असार १४ गतेका दिन निवासमै निधन भएको थियो । कोरोना ठिक भए पनि टिभी र सुगररोगबाट अर्याल पीडित हुनहुन्थ्यो । त्यही रोगकै कारण अर्यालले अकालमै ज्यान गुमाउनु परेको परिवारजनको भनाई छ । सामाजिक काम र सेवामा लाग्दा आफ्नो शरीरलाई नहेर्दा अर्यालले अकालमै ज्यान गुमाउनु परेको दाजु मित्रलाल शर्माले सोही शोकसभाको क्रममा बताउनु भयो ।
प्रतिक्रिया