३ जेष्ठ २०८२, शुक्रबार | Fri May 16 2025

केन्द्रीय कमिटी बैठकमा भाग लिन वामदेव गौतम बालुवाटारमा



काठमाण्डौ ।

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम पार्टीको केन्द्रीय कमिटी बैठकमा सहभागी हुन बालुवाटार पुग्नुभएको छ । गएको पुस ५ गते नेकपा विभाजन भएपछि गौतमले पार्टी एकता अभियान चलाउँदै आउनु भएको थियो । सर्वोच्चले एमाले र माओवादी ब्युँताएपछि पनि उहाँले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीप्रति आलोचना गर्दै एकता अभियानलाई नै निरन्तरता दिँदै आउनुभएको छ । खनाल–नेपाल पक्षले भने आजको बैठक स्थगित गरी सहमतिको लागि छलफल गर्न माग गरेको छ ।

यो समूहको हिजो बसेको बैठकले केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने निर्णय गरेको थियो । खनाल–नेपाल समूहले एमाले र माओवादी केन्द्रको एकता हुनुभन्दा अगाडिको केन्द्रीय कमिटी बैठक बोलाउन माग गर्दै आए पनि अध्यक्ष केपी शर्मा ओलीले पूर्वमाओवादीका नेताहरूलाई समेटेर केन्द्रीय कमिटी बनाएकाले बैठकमा सहभागी नहुने नेता माधवकुमार नेपालले बताउनु भएको छ ।

प्रकाशित मिति : १८ असार २०७८ शुक्रबार ००:००  १२ : १० बजे