७ मंसिर २०८१, शुक्रबार | Fri Nov 22 2024

विजयनगरले दियो ४० जना एकल तथा विपन्न महिलालाई बाख्रा



मायादेवी अनलाइन, विजयनगर ।
कपिलवस्तुको विजयनगर गाउँपालिकाकाले दुई बोकासहित ४० जना एकल तथा विपन्न महिलालाई बाख्रा वितरण गरेको छ । विहीवार एकल तथा विपन्न महिलाहरुको आयआर्जनका लागि १/१ ओटा बाख्रा उपलब्ध गराइएको छ ।

गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले उहाँहरुलाई जीवन निर्वाहमा टेवा पुग्ने उद्धेश्यले बाख्रा वितरण गरेको बताउँदै वेरोजगार र आर्थिक रुपमा कमजोर हुन नदिन शतप्रतिशत अनुदानमा बाख्रा प्रदान गरेको बताउनुभयो ।

विस्तारै बाख्राको संख्या बढ्दै जाँदा व्यवसायिक रुपमा अगाडी बढाउन सकिने उहाँले बताउनुभयो । बाख्रा पालन व्यवसायिक बन्दै गए अरु माथि निर्भर हुन नपर्ने र आर्थिक पाटो मजबूत हुँदै जाने र बिरामी पर्दा औषधी उपचार गर्न पनि सजिलो हुने अध्यक्ष थापाले बताउनुभयो । कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले एकल तथा विपन्न महिलाहरुले आयआर्जन गर्नुको साथै आत्मनिर्भर हुन सकुन् भन्ने उद्धेश्यले बाख्रा वितरण गरेको उहाँले बताउनुभयो ।

उहाँले सक्रिय भएर व्यवसायिक रुपमा अगाडी बढाउँदै लैजानुपर्नेमा जोड दिनुभयो । महिलाहरुलाई आत्मनिर्भर र स्वरोजगार बनाउन अनुदानमा बाख्रा वितरण गरिएको उपाध्यक्ष चौधरीले बताउनुभयो ।

प्रकाशित मिति : १८ असार २०७८ शुक्रबार ००:००  ११ : २४ बजे