१२ बैशाख २०८२, शुक्रबार | Sat Apr 26 2025

कांग्रेस पदाधिकारी बैठक स्थगित



काठमाडौं ।

नेपाली कांग्रेसको आज बस्ने भनिएको पदाधिकारी बैठक स्थगित भएको छ। तयारी नपुगेको भन्दै कांग्रेसको पदाधिकारी बैठक स्थगित भएको हो। क्रियाशील सदस्यतामा देखिएको विवादबारे छलफल गर्न कांग्रेसले दिउँसो २ बजे सानेपास्थित पार्टी कार्यालयमा पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएको थियो। कांग्रेसका सहमहामन्त्री डा प्रकासशरण महतले शुक्रबार बस्ने गरि आजको बैठक स्थगित भएको जानकारी दिए।

महतका अनुसार बैठक शुक्रबार दुई बजे पार्टी कार्यालयमा बस्ने छ। बिहीबारको बैठकबाट क्रियाशील सदस्यता छानबिन गर्न मापदण्ड तयार पार्ने तयारी थियो। तर नेताहरूले पर्याप्त तयारी नपुगेपछि बैठक स्थगित गरिएको महतले जानकारी दिए। कांग्रेसले अहिलेसम्म ८ लाख २० हजार क्रियाशील सदस्यको नाम सार्वजनिक गरिसकेको छ।

सार्वजनिक भएका नामहरूमाथि परेका उजुरीको नेता रमेश लेखक नेतृत्वको समितिले छानबिन गरिरहेको छ। शीर्ष नेताहरूले मापदण्ड तयार नपार्दा छानबिन प्रक्रिया अगाडि बढ्न नसकेको समितिका सदस्यहरूले बताएका छन्। समितिको म्याद पनि असार ३० गते सम्म थप्ने शीर्ष नेताहरुबीच सहमति भएको बुझिएको छ।

प्रकाशित मिति : १७ असार २०७८ बिहिबार ००:००  ३ : ०१ बजे