७ जेष्ठ २०८२, मंगलबार | Wed May 21 2025

एमाले बैठकमा शिक्षामन्त्री श्रेष्ठको राजीनामा माग



काठमाडौं ।

नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको राजीनामा माग भएको छ।
जातीय विभेदमा शिक्षामन्त्री आफैं सक्रिय भएर लागेको भन्दै केन्द्रीय सदस्य जगत विश्वकर्माले मन्त्रीको राजीनामा माग गरेका हुन्। बैठकको सुरूमा नै नेता विश्वकर्माले मन्त्री श्रेष्ठबाट जातीय विभेदलाई बढावा दिने काम भएको भन्दै राजीनामा माग गरिएको एक नेताले जानकारी दिए।

सञ्चारकर्मी रुपा सुनारलाई दलित भएको कारणले कोठा नदिएको आरोपमा पक्राउ परेकी सरस्वती प्रधान रिहा भएपछि मन्त्री श्रेष्ठ आफैं झण्डावाल गाडी लिएर प्रहरी कार्यालय पुगेका थिए। उनले प्रधानलाई आफ्नै गाडीमा राखेर घरसम्म पुर्याएपछि उनको चौतर्फी आलोचना भइरहेको छ।

प्रकाशित मिति : १६ असार २०७८ बुधबार ००:००  २ : ४४ बजे