ओखलढुंगा ।
सिद्धिचरण नगरपालिकामा कार्यरत एक प्राविधिक तीस हजार घुस रकमसहित पक्राउ परेका छन् । राष्ट्रिय पुनः निर्माण प्राधिकरणले नगरपालिकामा खटाएका प्राविधिक राजन पासवान सेवाग्राहीसँग घुस लिएको अवस्थामा पक्राउ परेका हुन् । मंगलबार साँझ पक्राउ परेका सबइञ्जिनियर पासवानले सेवाग्राहीसँग घुस रकम मागेको सूचना पाएपछि अख्तियारसँग समन्वय गरी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका डीएसपी गोविन्दराज काफ्लेले बताए ।
असार मसान्तमा पुनःनिर्माणका लाभग्राहीबाट अन्तिम किस्ता रकम निकासा गराउने भन्दै लिएको ३० हजार मागेका थिए । सिद्धिचरण नगरपालिका वडा नं. १ मा कार्यरत पासवानले निसंखेका सेवाग्राहीसँग घुस लिएको अवस्थामा पक्राउ गरेर बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल पठाइएको डीएसपी काफ्लले बताए ।
प्रतिक्रिया