२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

देवदहमा भएको कार दुर्घटनामा कांग्रेस नेता चन्द्र भण्डारीका भाइको मृत्यु



देवदह ।
रुपन्देहीको देवदह नगरपालिका–१० चरंगेमा कार दुर्घटना हुंदा प्राध्यापक डा. शंकर भण्डारीको मृत्यु भएको छ । उनी नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीका भाइ हुन् । लु १७ च ६०६६ नम्बरको आफैले चलाएको कारमा चरङ्गेबाट बुटवलतर्फ फर्किंदै गर्दा दुर्घटना भई ५२ वर्षका भण्डारीको मृत्यु भएको हो ।

मृतक भण्डारी त्रिभुवन विश्व विद्यालयका प्राध्यापक हुन् । राति करिब साढे ८ बजे सडकको कल्भर्टबाट कार ३० मिटर तल खसेर दुर्घटना भएको वडा प्रहरी कार्यालय रामनगरका इन्स्पेक्टर सुदर्शन पन्थीले बताए । दुर्घटनामा गम्भीर घाइते उनलाई बुटवलको गौतमबुद्ध सामुदायिक मुटु अस्पताल पु¥याइएको भएपनि अस्पतालले मृत घोषणा गरेको इन्स्पेक्टर पन्थीले बताए ।

कारमा भण्डारीका आफन्त थानेश्वर भण्डारी पनि थिए । तर उनलाई केही नभएको प्रहरीले जनाएको छ । भण्डारीको शब पोष्टमार्टमका लागि काठमाडौं लैजाने प्रहरीले बताएको छ ।

प्रकाशित मिति : १६ असार २०७८ बुधबार ००:००  ७ : ०९ बजे