९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

रुपन्देहीमा जोर–विजोर प्रणालीमा भोलिदेखि सार्वजनिक यातायात चल्न पाउने



बुटवल ।
रुपन्देहीमा भोलिदेखि सार्वजनिक यातायात चल्ने भएका छन् । सोमबार बसेको डिसिएमसीको बैठकले जिल्लामा जोर–विजोर प्रणालीका आधारमा सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय भएको साहायक प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले बताए ।

‘अन्तर जिल्लामा चल्ने सवारी साधन चल्न पाउने छैन्’ पाण्डेले भने‘ जिल्ला भित्र सबै सार्वजनिक यातायात भने जोर–विजोर प्रणालीका आधारमा चल्न पाउने छन् ।’

असार ८ गतेदेखि नीजि सवारी साधनलाई जोर विजोर प्रणालीमा सञ्चालन गर्न दिए पनि सार्वजनिक यातायातलाई सञ्चालन गर्न रोक लगाइएको थियो ।

प्रकाशित मिति : १४ असार २०७८ सोमबार ००:००  ३ : १५ बजे