मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुमा कोरोनाको दोस्रो लहर सुरु भए यता १ सय ६५ संक्रमितको ज्यान गएको छ । कोरोनाको दोस्रो भेरियन्ट सुरु भए यता जिल्लामा ७५ दिनको अवधी गरी १ सय ६५ संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना नियन्त्रण फोकल पर्सन उमेश घिमिरेले जानकारी दिनुभयो ।
अहिलेसम्म कोरोना संक्रमणबाट १९३ जनाको मृत्यु भएको छ । यस्तै अहिले जिल्लामा सक्रिय संक्रमित संख्या १३१ रहेको छ भने जम्मा संक्रमित संख्या ५ हजार ४ सय ३१ रहेको तथ्याङ्क छ ।
यस्तै पछिल्लो केही साता यता जिल्लामा संक्रमितको संख्यामा पनि कमी आएको छ । बैशाख, जेष्ठमा जिल्ला अस्पतालका बेडहरु भरिभराउ भएपनि अहिले त्यो अवस्था नरहेको फोकल पर्सन घिमिरेले बताउनुभयो । पछिल्लो २ साता देखि संक्रमित र मृत्युको संख्या ह्वात्तै घटेको उहाँले मायादेवीलाई बताउनुभयो ।
पछिल्लो २४ घण्टामा जिल्लामा ४ संक्रमित थपिएका छन् भने मृत्यु संख्या शुन्य रहेको छ ।
यस्तै जिल्ला प्रशासन कार्यलयले जारी गरेको निषेधाज्ञाभने सोमबार रातिबाट सकिदै छ । केही खुकुलो हुनेगरी जारी निषेधाज्ञाले जिल्लामा पसल ब्यवसायहरु संचालन भएका छन भने निजी सवारी साधन पनि खुलेका छन् । सार्वजनिक सवारी, विद्यालयको हकमा भने केन्द्र सरकारको निणर्य अनुसार संचालन गरिने प्रशासनले जनाएको छ ।
प्रतिक्रिया