९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

कोरोनाका सक्रिय संक्रमितमा नेपाल सार्कमा चौथो, मृत्युदर भारतको भन्दा बढी



काठमाडौं ।
कोभिड–१९ संक्रमण र मृत्युदर बढी रहेका सार्क राष्ट्रमध्ये नेपाल चौथो स्थानमा रहेको छ ।

सार्क राष्ट्रहरुमध्ये अहिले सबैभन्दा बढी सक्रिय संक्रमित अफगानिस्तानमा छन् भने मृत्युदरमा पनि यो देश पहिलो नम्बरमा नै छ । अफगानिस्तानमा अहिले सक्रिय संक्रमित ३५।६ प्रतिशत छन् भने हालसम्मको मृत्युदर ४।१ प्रतिशत रहेको छ ।

सक्रिय संक्रमितका हिसाबले भुटान दोस्रो नम्बरमा छ । त्यहाँ अहिले १३।४ प्रतिशत सक्रिय संक्रमित छन् । तर, भुटानमा मृत्युदर भने ०।० प्रतिशत छ ।

त्यस्तै, तेस्रो नम्बरमा रहेको श्रीलंकामा अहिले सक्रिय संक्रमित १३।१ प्रतिशत छन् । तर, त्यहाँ पनि मृत्युदर भने १।१ प्रतिशत मात्रै रहेको छ । मृत्युदरमा दोस्रो नम्बरमा पाकिस्तान ९२।३०, तेस्रोमा बंगलादेश ९१।६० प्रतिशत रहेका छन् ।

नेपाल मृत्युदर र सक्रिय संक्रमित धेरै रहेका हिसाबले चौथो नम्बरमा छ । नेपालमा अहिले सक्रिय संक्रमित ७।९ प्रतिशत रहेका छन् भने मृत्युदर १।४ प्रतिशत छ । मृत्युको यो दर भारतको भन्दा बढी हो । भारतमा कोभिडका सक्रिय संक्रमित २।० र मृत्यु हुनेको दर १।३ प्रतिशत रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शनिबारसम्मको तथ्यांकानुसार कोभिड–१९ संक्रमणका कारण नेपालमा हालसम्म आठ हजार ९७५ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : १३ असार २०७८ आइतबार ००:००  २ : ३४ बजे