दाङ ।
निरन्तरको वर्षाले खोलाहरुमा बाढी आएपछि घोराही–तुलसीपुर सडकखण्ड अवरुद्ध भएको छ । शनिबार दिउँसोदेखि अत्यधिक पानी परेपछि खोलाहरुमा पानीको बहाव बढेको हो ।
सबै खोलाहरुमा बाढी आएपनि पुल नभएका कारण पत्रेखोला, हापुर खोला र सेवार खोलामा गाडीहरु वारपार गर्न सकेका छैनन् । शनिबार दिउँसोदेखि साना तथा ठूला कुनै पनि सवारी साधन आवतजावत गर्न नसकेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले बताए ।
घोराही–लमही सडकखण्डको सिस्ने खोलामा पनि बाढी आएपछि घुमाउरो सडक हुँदै यात्रा गर्नुपर्ने बाध्यता भएको छ । कतिपय सवारीसाधन र यात्रु सडकमै अलपत्र परेका छन् भने केहीले निकै घुमाउरा सडक प्रयोग गरी यात्रा गरिरहेका छन् ।
प्रतिक्रिया