मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ११ स्थित स्काई लार्क इङलिस बोर्डिङ स्कूललाई उत्कृष्ट विद्यालयको रुपमा अगाडी बढाउने सम्बन्धमा बिभिन्न निर्णय भएका छन् ।
शनिबार विद्यालयमा सल्लाहकार समितिको बैठक बसी कोरोना संक्रमण र यसपछिको भावी योजनाबारे छलफल गरी मुलुककै उत्कृष्ट विद्यालय बनाउनेबारे छलफल भएको हो ।
सल्लाहकार समितिका संयोजक रवी काफ्लेको अध्यक्षतामा बसेको वैठकमा सल्लाहकारहरु सोमनाथ अर्याल, आर.टी.खान, नेत्र प्रसाद खनाल, मनीराम खनाल, अवधराम चौधरी तथा भदई थारुको सहभागिता थियो ।
वैठकका निर्णयबारे जानकारी गराउँदै विद्यालयका अध्यक्ष तथा प्रधानाध्यापक तोलाकान्त डुम्रेले अहिलेसम्म जिल्लाकै उत्कृष्ट विद्यालयको रुपमा स्थापित भएकोमा अब कोरोनापछि थप शशक्त बनाउन आधुनिक, वैज्ञानिक तथा प्रविधिलाई आत्मसात गर्ने, विद्यार्थी र अभिभावकबीच थप सहकार्यका कार्यक्रम बनाउने, बालबालिकाहरुलाई युग सुहाउँदो व्यवहारिक र व्यवसायिक ज्ञान, नैतिक शिक्षा, राष्ट्रप्रेम र राष्ट्रियताको भावना जागृत गराउने खालका कार्यक्रम अगाडी बढाउनेबारे पनि छलफल भएको बताउनु भयो ।
विद्यालयलाई अनुशासनमा अब्बल बनाउदै राष्ट्रकै उत्कृष्ट शिक्षालय बनाउन ठोस योजना तथा रणनिति सहित अगाडी बढ्नुपर्ने जरुरी रहेको सल्लाहकार समिति संयोजक रवी काफ्लेले बताउनु भएको डुम्रेले मायादेवीसंग बताउनु भयो ।
वडाअध्यक्षसमेत रहनु भएका सल्लाहाकार सोमनाथ अर्यालले भर्चुअल शिक्षालाई आत्मसात गर्दै प्रविधिमैत्री शिक्षामा जोड दिनुभएको छ ।विद्यालयका शैक्षिक सुधारका योजनाहरुबारमा पूर्व शिक्षक एवम् सल्लाकार सदस्य आर टी खानले जानकारी गराउनु भएको थियो । बैठकको सञ्चालन विद्यालयका शैक्षिक इन्चार्ज ध्रुव पौडेलले गर्नुभएको थियो ।
प्रतिक्रिया