१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

युरोकपको नकआउटः आज वेल्स–डेनमार्क तथा इटाली–अष्ट्रिया भीँड्ने



एजेन्सी ।

युरोपको विभिन्न ११ शहरमा जारी १६ औं संस्करणको युरोकप फुटबलको नकआउट चरण अर्थात् अन्तिम १६ को खेलहरु आज (शनिबार) बाट सुरु हुँदैछ ।
नकआउट चरण अन्तर्गत शनिबार राति दुई खेलहरु हुँदैछन् । पहिलो खेलमा वेल्स र डेनमार्क भिड्दा दोस्रो खेलमा इटाली र अष्ट्रिया प्रतिस्पर्धा गर्ने छन् ।
वेल्स र डेनमार्कबीच खेल राति ९ः४५ बजे सुरु हुनेछ । दुबै टिम जित निकाल्दै अन्तिम आठमा पुग्न चाहन्छ ।डेनमार्क समूह ’बी’ को उपविजेता बन्दै अन्तिम १६ मा पुगेको हो । डेनमार्कले ३ खेलमा ३ अंक जोडेको थियो ।

इटाली र अष्ट्रियाबीचको खेल राती १२ः४५ बजे सुरु हुनेछ । दुबै टिम जित निकाल्दै अन्तिम आठमा पुग्ने लक्ष्यसहित मैदान उत्रने छन् ।
इटाली समूह ’ए’ को विजेता बन्दै नकआउट चरणमा पुगेको हो । इटालीले ३ खेलमा ९ अंक जोडेको थियो ।

शतप्रतिशत जित निकाल्ने क्रममा इटालीले पहिलो खेलमा टर्कीलाई ३–० ले हराएको थियो । अष्ट्रिया भने समूह ’सी’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो । इटाली र अष्ट्रियाबीच अहिलेसम्म १३ पटक प्रतिस्पर्धा भएको छ । इटालीले अष्ट्रियासँग हार्नु परेको छैन । इटालीले अष्ट्रियाविरुद्ध १० खेल जित्दा ३ खेल बराबरी खेलेको छ ।

प्रकाशित मिति : १२ असार २०७८ शनिबार ००:००  ८ : १२ बजे