१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

दक्षिण अमेरिकी पावरहाउस चीलीलाई पाराग्वेले हरायो



एजेन्सी ।

ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा पाराग्वेले चिलीलाई पराजित गरेको छ ।बिहीबार बिहान भएको खेलमा पाराग्वेले चिलीलाई २-० गोल अन्तरले पराजित गरेको हो ।पाराग्वेलाई जित दिलाउन सामु र मिगुएल अल्मिरोनले एक एक गोल गरे ।

खेलको ३३ औं मिनेटमा सामुले गोल गर्दै पाराग्वेलाई सुरुवाती अग्रता दिलाएका थिए । उनले मिगुएलको पासमा गोल गरेका हुन् ।त्यसपछि खेलको ५८ औं मिनेटमा मिगुएलले पेनाल्टीमा गोल गर्दै पाराग्वेलाई २-० को जित दिलाए ।चिलीका ग्यारी मेडेलले कार्लोसलाई फउल गरेपछि पाराग्वेले पेनाल्टी पाएको थियो । जसमा मिगुएलले सहजै गोल गरे ।

यस जितसँगै समूह एको पाराग्वेले ३ खेलमा ६ अंक जोडेको छ । पाराग्वे समूहको दोस्रो स्थानमा उक्लिएको छ । चिलीलाई हराएसँगै पाराग्वे क्वाटरफाइनलमा प्रवेश गरेको छ ।चिलीले ४ खेलमा ५ अंक जोडेको छ । तेस्रो स्थानको चिलीले यस अघि नै क्वाटरफाइनलमा स्थान बनाईसकेको छ । चीली प्रतियोगिताको उपाधि दावेदार टिम हो । उसलाई फुटवलमा दक्षिण अमेरिकाको पावर हाउसको रुपमा लिने गरिन्छ ।

प्रकाशित मिति : ११ असार २०७८ शुक्रबार ००:००  ७ : ५२ बजे