१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

साइकल दुर्घटनामा परि बेलायतमा आज एक नेपालीको मृत्यु



टिङघम । बेलायतको नटिङघम शहरमा साइकल दुर्घटनामा परि एक नेपालीको मृत्यु भएको छ । शुक्रबार बिहान ९ बजे भलिबल खेल्न निस्किएका ३४ वर्षे बद्री गौतमको घर फर्कने क्रममा साइकल पल्टिदा घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएके हो ।

घरबाट करिब ४ मिनेट नजिक रोबिनहुड रोड नेर गल्स एकाडेमी स्कुल आगाडि साइकलबाट पल्टिएका उहाँको नटिङघम शहरस्थित क्वीन्स् मेडिकल सेन्टरको सघन कक्षमा उपचारकै क्रममा मृत्यु भएको पारीवारिक स्रोतले बताएको छ । टाउकोमा गम्भीर चोट लागेका कारण अक्सिजन र रगत प्रवाह हुन नसक्दा आइतबार राति १० बजे निधन भएको उहाँका भिनाजु विष्णु चालिसेले जानकारी दिनु भयो ।

तीन वर्षअघि साइकलबाटै लडेर टाउकोमा गम्भीर घाइते भएपछि भेन्टिलेटरमा राखेर उहाँको उपचार गरिएको थियो । त्यसपछि साइकल चलाउन छाड्नु भएका गौतमले केहि दिन अघिमात्र साइकल चलाउन शुरु गर्नु भएको थियो । नेपालको बाग्लुङ गल्कोट नगरपालिका बडागाउंमा जन्मिएका बद्री सन् २००९ फेब्रुअरीमा बेलायत पुग्नु भएको थियो ।

नेपाली समाज नटिङघमका आजीवन सदस्य समेत रहेका बद्रीको अन्त्येष्टी यही शनिबार ११ बजे गर्ने कार्यक्रम रहेको समाजका अध्यक्ष दीपक सापकोटाले जानकारी दिनु भयो । सेफको रुपमा कार्यरत गौतम बेलायतमा श्रीमतीसंगै बस्दै आउनु भएको थियो ।

प्रकाशित मिति : ११ असार २०७८ शुक्रबार ००:००  ७ : ४५ बजे