जाजरकोट ।
भिरबाट लडेर घाइते भएकी जाजरकोट भेरी नगरपालिका–२ का वडासदस्य सुशीला नेपालीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मंगलबार राति निधन भएको छ ।
भेरी–२ डिंगा घरबाट बाहुनथानास्थित वडास्तरीय योजना तर्जुमा बैठकमा सहभागी हुन जाँदै गर्दा उनी लडेर घाइते भएकी थिइन् ।
घाइते नेपालीलाई उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बाटोमै ज्यान गएको नगरपालिकाका प्रवक्ता पार्वती विकले जानकारी दिइन् ।
प्रतिक्रिया