१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

‘द फ्यामेली म्यान’ बन्यो संसारकै चौथो चर्चित कार्यक्रम



एजेन्सी ।

भारतीय सिरिज ‘द फ्यामेली म्यान’ संसारकै चौथो चर्चित कार्यक्रम बनेको छ। पिंकभिल्लाका अनुसार ‘द फ्यामेली म्यान’ले सबैभन्दा लोकप्रिय टिभी कार्यक्रम सेक्सन अन्तर्गत आइएमडीबी चार्टको चौथो स्थानमा परेर नयाँ माइलस्टोन हिट गरेको हो। आइएमडीबीको सूचीमा सबैभन्दा लोकप्रिय फिल्म र सिरिजहरु समावेश हुन्छ। यो सूची दर्शकहरुले दिने समीक्षाका आधारमा तयार हुन्छ र परिवर्तन भइरहन्छ।

राज र डिकेको निर्देशकमा बनेको ‘द फ्यामेली म्यान’ केही समयअघि अमेजन प्राइम भिडियोमा रिलिज भएको थियो। सिरिजले छोटो समयमा ठूलो चर्चा कमायो। अहिले यसको प्रशंसक संख्या निकै बढेको छ। ‘द फ्यामेली म्यान’ले पाएको यो सफलतापछि कार्यक्रमका कलाकारहरुले सामाजिक सञ्जालमा खुसी साटेका छन्।

सिरिजका मुख्य अभिनेता मनोज बाजपेयीले आइएमडीबी चार्टको पहिलो चार सूचीको तस्बीर आफ्नो इन्स्टाग्राममा पोस्टमा गरेका छन्। मनोजले ‘द फ्यामेली म्यान’मा श्रीकान्त तिवारीको भूमिका निर्वाह गरेका छन्, जो भारतको सुरक्षा निकायका लागि काम गर्ने गोप्य एजेन्ट हुन्छन्। आइएमडीबी चार्टमा परेसँगै सिरिजले विश्वभर लोकप्रियता कमाइरहेको छ। साथै अभिनेता मनोजले ‘द फ्यामेली म्यान’को तेस्रो शृंखला आउने तयारी रहेको खुलासा गरेको पिंकभिल्लाले जनाएको छ।

आइएमडीबी चार्टको सूचीको पहिलो स्थानमा अमेरिकी कमिक फिल्म ‘लोकी’ परेको छ। यसको दोस्रो स्थान नेटफ्क्लिस टिभी सिरिज ‘स्वीट टुथ’ र तेस्रो स्थानमा ‘मेर अफ इस्टटाउन’ छ।

प्रकाशित मिति : ८ असार २०७८ मंगलबार ००:००  २ : ३८ बजे