१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

क्लबहाउमा नेपाल प्रहरीको फेक आइडी बनाउने २० वर्षका युवा पक्राउ



काठमाण्डौ ।

सामाजिक सञ्जाल क्लबहाउसमा नेपाल प्रहरीको लोगो, पोसाक र नाम प्रयोग गरेर फेक आईडी बनाउने एक जना पक्राउ परेका छन् ।
क्लब हाउसमा नेपाल पुलिस नामको सोसल रुम बनाएर प्रहरी अधिकृतको दर्ज्यानी चिह्न अङ्कित पोसाक तथा नामसहित बहस गरी प्रहरीको छवि धुमिल्याएको आरोपमा प्रहरीको साइबर ब्युरोले भक्तपुरको चाँगुनारायण नगरपालिका ६ का २० वर्षका ईशान लामिछानेलाई पक्राउ गरेको हो । अदालतबाट सात दिन थुनामा राख्ने अनुमति लिएर उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ८ असार २०७८ मंगलबार ००:००  २ : १७ बजे