काठमाडौं ।
गुल्मीमा ७ सयभन्दा बढी घरधुरी भूमिहीन रहेको तथ्य प्रकाशमा आएको छ । जिल्लामा १५ सयभन्दा बढी घरधुरी अव्यवस्थित र असुरक्षित बस्तीमा छन् ।
भूमि सम्बन्धी समस्या समाधान आयोग गुल्मीले जिल्लाका १२ वटै गाउँपालिकाबाट संकलन गरेको प्रारम्भिक तथ्याङ्कअनुसार जिल्लामा दलित समुदायका ३२९ घरधुरी भूमिहीन छन् । यस्तै, अन्य समुदायका ३८९ घरधुरी भूमिही पाइएको हो । जिल्लामा कुल ७१८ घरधुरी भूमिहीन सुकुम्वासी रहेको आयोगको जिल्ला कार्यालयले जनाएको छ ।
जिल्लाका एक हजार ५३९ घरधुरी अव्यवस्थित र असुरक्षित बस्तीमा बसोबास रहेको आयोगले जनाएको छ । गुल्मीस्थित आयोगकी विज्ञ सदस्य शान्ता पोखरेलका अनुसार कालीगण्डकी गाउँपालिका, छत्रकोट गाउँपालिका, गुल्मीदरबार र इस्मा गाउँपालिकामा दलित समुदायका एक परिवार पनि भूमिहीन सुकुम्बासी छैनन् ।
सबैभन्दा बढी भूमिहीनको बसोबास मालिका गाउँपालिकामा पाइएको छ । सो गाउँपालिकामा दलित समुदाय ६० घरधुरी दलित र ५७ घरधुरी अन्यसहित १२७ घरधुरी भूमिहीन सुकुम्बासी पाइएको हो । सबैभन्दा बढी अव्यवस्थित र असुरक्षित बस्ती पनि मालिका गाउँपालिकामै पाइएको छ, जहाँ ३५३ घरधुरी अव्यवस्थित र असुरक्षित बस्तीमा छन् ।
प्रतिक्रिया