१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

प्युठानमा पोखरीमा डुबेर बालकको मृत्यु



बिष्णु कुमार आले, अर्घाखाँची ।

प्युठानको भिमरुक गाउँपालिका–६ तोरवाङमा पोखरीमा डुबेर २ वर्षीय बालकको मृत्यु भएको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका अनुसार वसन्तबहादुर केसीका छोरा यमनको सोमबार बिहान करिब ८ बजे घरदेखि करिब ५०० मिटर उत्तरमा रहेको पोखरीमा डुबेर घाइते भएका उनको जिल्ला अस्पताल बिजुवारमा उपचारको क्रममा बिहान सवा ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ७ असार २०७८ सोमबार ००:००  १ : १८ बजे