दाङ ।
पहिरोले बन्द भएको राप्ती राजमार्ग अन्तर्गतको दाङ-सल्यान सडक खण्ड एक हप्तापछि खुलेको छ । दाङ–सल्यान सडक खण्ड अन्तर्गत कपुरकोट गाउँपालिका–३ दसरेलगायत ठाउँमा पहिरो गएपछि सडक बन्द भएको थियो ।
गएको असार १ गतेदेखि बन्द भएका सडक आइतवार (आज) देखि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
सडक खुलेसँगै बाटोमा अलपत्र परेको सवारी साधन गन्तव्यमा लागेका छन् । बाटो खुलेसँगै दाङ हुँदै सल्यान, रुकुम पश्चिम, रुकुम पूर्व र रोल्पासम्मको गाडी चल्न सुरु भएको छ ।
तस्बीर फाइल
प्रतिक्रिया