१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

महाकाली नदीको पारीगाउँ केन्द्रमा जलसतह बढ्योः सतर्कता अपनाउन आग्रह



काठमाण्डौ ।

महाकाली नदीको पारीगाउँ केन्द्रमा जलसतहले खतराको तह पार गरेको छ । नदीमा पानीको बहाव बढ्दै गएको र थप पानी पर्ने सम्भावना रहेकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ।

डडेल्धुराका तटीय क्षेत्रहरुमा दिउँसोसम्म नै उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको हो । यस्तै सुनकोशी नदीमा पनि नदीको बहाव बढेको छ । दोलालघाटलगायत नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन विभागले चेतावनी जारी गरेको छ ।

प्रकाशित मिति : ६ असार २०७८ आइतबार ००:००  ७ : १३ बजे