१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

उद्दारमा ढिलाई हुँदा वेवारिसे महिलाको मृत्यु



बिष्णु कुमार आले, अर्घाखाँची ।

अर्घाखाँचीको सन्धिखर्कमा बेवारिसे अवस्थामा भेटिएकी महिलाको मृत्यु भएको छ । सन्धिखर्क नगरपालिका वडा नम्बर २ को हाईस काउन्टरको साईडमा बेवारिसे अवस्थामा फेला परेकी महिलाको उद्दार गरि जिल्ला अस्पताल सन्धिखर्क लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी गणेश खनालले जानकारी दिए ।

अन्दाजी ५० ÷ ५५ बर्ष उमेरको देखिने मृतक महिलाको पहिचान हुन सकेको छैन । तीन दिन देखि वेवारिसे अवस्थामा त्यहि ठाउँमा बस्दै आएकी उनको उद्दारकार्यमा ढिलाई हुँदा ज्यान गएको स्थानियले बताएका छन् । समयमै सम्बन्धित निकायलाई जानकारी गराउदा पनि खासै चासो नदिएको स्थानियको गुनासो छ । सन्धिखर्क आसपासमा मजदुरी काम गर्दै आएको र उनको घर बाँस केही नभएको स्थानियको भनाई छ । वेवारिसे महिला भेटिएको बारे विभिन्न संचारमाध्यम बाट समाचार आएपछि शनिबार दिउँसो सम्बन्धित निकायले उद्दारमा चासो देखाएको थियो ।

जिल्ला अस्पतालका डाक्टर अमृत भट्टराईको सक्रियतामा सन्धिखर्क नगरपालिकाको महिला , बालबालिका तथा जेष्ठ नागरिक शाखा ,सेभ हाउस अर्घाखाँची र जिल्ला प्रहरीको टोलीले उद्दार गरि ती वेवारिसे महिलालाई जिल्ला अस्पताल लगिएको हो ।

जिल्ला अस्पताल पुर्याउने बित्तिकै चिकित्सकले महिलालाई मृत घोषणा गरेका थिए । अहिले सवलाई पोष्टमाट्मका लागि सन्धिखर्क जिल्ला अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति : ५ असार २०७८ शनिबार ००:००  ६ : १९ बजे