काठमाडौं ।
नेपाली कांग्रेसले पार्टीको चौधौँ महाधिवेशनको लागि क्रियाशील सदस्यता नवीकरण गर्न बाँकी सदस्यका लागि असार ९ गतेसम्मको समयसिमा तोकेको छ।
केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिका संयोजक केशव रिजालले शुक्रबार विज्ञप्ति प्रकाशित गरी असार ९ गतेभित्र नामावली पठाउन जानकारी गराएका छन्।
‘विधान बमोजिम नविकरण गर्न छुट भएको भए, नवीकरण गर्नु पर्ने सदस्यको नामावली विवरण र शुल्क समेत नेपाली कांग्रेस केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिमा सबै जिल्ला कार्यसमिति/क्षेत्रीय कार्यसमिति, प्रदेश सभा क्षेत्रीय कार्यसमिति/गाउँ/नगर पालिका कार्यसमिति/वडा कार्यसमिति र सम्बन्धित क्रियाशील सदस्य स्वयंले यही आषाढ ९ गतेभित्र पठाउनु हुन यसै विज्ञप्ति मार्फत अनुरोध गरिन्छ’ विज्ञप्तिमा भनिएको छ।
प्रतिक्रिया