मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले यही असार ६ गते नीति तथा कार्यक्रम ल्याउने भएको छ । आव ०७८/०७९ को लागि नीति तथा कार्यक्रम पारित भएसंगै बुद्धभूमिले बजेट ल्याउने छ ।
आउँदो आइतबार ९ औं नगर सभामा नीति तथा कार्यक्रम पेश गर्ने तयारी भैरहेको नगर प्रमुख केशव कुमार श्रेष्ठले जानकारी दिनुभयो । बुद्धभूमिको नीति तथा कार्यक्रममा केही नयाँ कुरा आउने नगर प्रमुख श्रेष्ठले बताउनुभयो । कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रमा अहिलेको भन्दा नयाँ कार्यक्रम नीति तथा कार्यक्रम आउन लागेको उहाँले बताउनुभयो ।
बुद्धभूमिले चालु आवमा भन्दा आव ०७८/०७९ मा बजेटको आकार पनि बढाउने भएको छ । स्रोतका अनुसार बुद्धभूमिले झण्डै १ अर्ब १५ करोड बराबरको बजेट ल्याउने छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल पौडेलले चालु आवमा कोरोना महामारीका बीच पनि गौरवका आयोजनाको काम तीव्र रुपमा भैरहेको बताउनुभयो । नगरका भौतिक कामहरु पनि अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो ।
प्रतिक्रिया