काठमाडौं ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बैठक आह्वान गरिएको छ ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई उपस्थित हुन भनिएको छ । बैठकले पदाधिकारी बैठकले गरेका निर्णय स्वीकृत गर्नेलगायत निर्णय गर्ने बुझिएको छ ।
गएको शनिबार सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी बैठकले पार्टीको महाधिवेशन भदौ १६ गतेदेखि काठमाडौंमा गर्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया