मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुको बाणगंगा नगरपालिकाले वडा नम्बर ९ भलवाडमा नेपाल प्रहरीको इकाई स्थापना गर्ने र पिपराको सशस्त्र क्याम्प सार्ने नीति लिएको छ । बुधबार नवौँ नगरसभाबाट पारित गरिएको आर्थिक बर्ष २०७८ । ०७९ को बार्षिक नीति तथा कार्यक्रममा यस कुराको उल्लेख गरिएको छ ।
नगरबासीमा शान्ति सुरक्षाको शान्ति सूरक्षा तथा जिउधनको रक्षा गर्ने उद्धेश्य अनुसार भलवाडमा प्रहरीको इकाई स्थापना गर्न र बाणगंगा पुलको उत्तरतिर सशस्त्र प्रहरीको क्याम्प राख्न नगरले आवश्यक नीति लिएको छ ।
१३८ बुँदे नीति र कार्यक्रमको १३३ नम्बर बुँदामा भनिएको छ, ‘वडा नम्बर ९ को भलवाडमा नेपाल प्रहरी इकाई स्थापना र बाणगंगा पुलको पूर्व–उत्तर क्षेत्रमा सशस्त्र प्रहरी बल सुरक्षा वेस पिपरालाई स्थानान्तरणको लागि आवश्यक पहल गरिने छ ।
साथै नगरले नगर प्रहरी पनि परिचालित गरी नगरबासीमा शान्ति सुरक्षा प्रदान गर्ने नीति लिएको छ । पटक–पटक भलवाडमा प्रहरी इकका स्थापनाको माग उठिरहेको छ भने नदीजन्य पदार्थको चोरी, निकासीमा समस्या भएपछि त्यहाँ सशस्त्रको क्याम्प राख्नेबारे बिभिन्न ढंगबाट नगरलाई सुझाव गएको छ ।
प्रतिक्रिया