१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

गण्डकीका मुख्यमन्त्रीद्वारा विश्वासको मत लिने तयारी



कास्की ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशसभामा विश्वासको मत लिने तयारी थालेका छन् । गत जेठ २८ गते साँझ मुख्यमन्त्रीमा नियुक्त भएका पोखरेलले विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद विस्तार गर्ने योजना बनाएका हुन् ।

मुख्यमन्त्री पोखरेलले असार ४ गते विश्वासको मत लिनेगरी तयारी थालेका हुन् । विश्वासको मत लिनुभन्दा दुई दिन अघि संसदलाई सरकारले जानकारी दिनु पर्ने संवैधानिक ब्यवस्था भएकाले संसद सचिवालयमा विश्वासको मतका लागि सूचना दर्ता भएको छ । संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका उनले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ ।

विश्वासको मत लिनु अघि नै सरकारले नीति तथा कार्यक्रम पारित गरिसकेको छ भने बजेट पनि आइसकेको छ । सरकारले अब, विश्वासको मत लिएपछि मात्रै बजेटमाथि थप छलफल प्रारम्भ गर्ने भएको छ ।

प्रकाशित मिति : २ असार २०७८ बुधबार ००:००  १२ : ५२ बजे