९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

नारायणी, राप्तीलगायतका नदी किनारामा रहने बासिन्दालाई सतर्क रहन आग्रह



चितवन ।

स्थानीय प्रशासनले नारायणी, राप्तीलगायतका नदी किनारामा रहने बासिन्दालाई विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ । जिल्ला प्रशासन कार्यालय चितवनले एक सूचना जारी गर्दै सतर्कता अपनाउन अनुरोध गरेको हो ।

कार्यालयका प्रशासकीय अधिकृत खेमराज पौडेलद्वारा जारी सूचनामा मौसमको समय शुरु हुन लागेकाले जिल्लाका धेरै स्थानमा बाढी, पहिरो, नदी कटानको सम्भावना रहेकाले आमनागरिकलाई सतर्कता अपनाउन अनुरोध गरिएको छ । सूचनामा बाढी आएको समयमा नदीमा माछा मार्ने, पौडी खेल्ने र दाउरा सङ्कलनको काम नगर्न र नगराउन अनुरोध गरिएको छ । रासस

प्रकाशित मिति : १ असार २०७८ मंगलबार ००:००  १ : ३० बजे