मायादेवी अनलाइन, चारनम्बर ।
नेकपा (माओवादी केन्द्र) कपिलवस्तुका नेता दीपक पाण्डेयको हत्याको मुख्य कारण प्रहरीले खुलासा गरेको छ । सोमबार पाण्डेय हत्याका मुख्य योजनाकार र संगठित आपराधिक गिरोह सार्वजनिक गर्ने क्रममा प्रहरीले सो खुलासा गरेको हो । प्रहरीका अनुसार पाण्डेयको हत्या हुनुमा आफ्नै श्रीमती महिमा पाण्डेय प्रमुख दोषि ठहरिएकी छिन् ।
जिल्ला प्रहरी प्रमुख नवराज अधिकारीले पत्रकार सम्मेलनमा पाण्डेयको श्रीमती महिमा पाण्डेयले घटनाका मुख्य योजनाकार प्रकाश भन्ने ओम प्रकाश यादवसंग लामो समयदेखि अनैतिक सम्बन्धमा रहेको र त्यो नै हत्याको प्रमुख कारण देखिएको बताउनुभयो ।
प्रहरीका अनुसार बिगत ५ बर्ष देखि प्रतिबादी प्रकाश भन्ने ओम प्रकाश यादवको र मृतक दीपकको श्रीमती महिमा पाण्डेयको बीच भएको अनैतिक सम्बन्धका कारण मृतकको श्रीमान पाण्डेयले थाहा पाए पश्चात बिवाद, मनमुटाव सृजना भई यो घटना घटेको हो ।
पछि पनि उनीहरु बीच अनैतिक सम्बन्ध कायमै रहेको, मृतकको श्रीमती पाण्डेयले नै प्रतिबादी प्रकाश भन्ने ओम प्रकाश यादवलाई प्रयोग गरी पटक पटक श्रीमान पाण्डेलाई मार्ने योजना बनाई बिगत २÷३ बर्ष अघी देखि नै श्रीमानलाई मार्न बिभिन्न व्यक्तिहरुलाई प्रयोग गरी सुपारी (बैना) समेत लिएता पनि पटक पटक को प्रयास असफल भएपछि लामो निग्रानी पश्चात गत जेठ ५ गते हत्या भएको खुल्लमा आएको हो ।
पक्राउ गरेका व्यक्तिहरुले समेत गोली हानी घाईते बनाएर मार्न सफल भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।
हत्यामा संलग्न मुख्य प्रतिवादीहरुलाई हातहतियार सहित र उक्त हातहतियार खरिद बिक्री, ओसार पसार गर्ने कार्यमा संलग्न सबै घटनाका दोषिहरुलाई प्रहरीले सत प्रतिशत पक्राउ गर्न सफल भएको छ ।
उनीहरुलाई संगठित अपराध सजाय ऐन २०७० बमोजिम सम्मानित कपिलवस्तु जिल्ला अदालतबाट म्यादथप गरी अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
यो पनि पढ्नुहोस
दीपक पाण्डे हत्याका मुख्य योजनाकार र गिरोह सार्वजनिक, तीन बर्षदेखि हत्या प्रयास !
दीपक पाण्डेको हत्यामा प्रयोग भएको पेस्तोल बरामद
प्रतिक्रिया