काठमाडौँ ।
भारतमा दैनिक कोरोना संक्रमित हुनेको संख्या लगातार घट्दै गएको छ । पछिल्लो २४ घण्टामा ७० हजार ४ सय २१ नयाँ संक्रमित थपिएका छन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार यो अवधिमा १ लाख १९ हजार ५०१ जना संक्रमणमुक्त भएका छन् ।
यस्तै ३ हजार ९ सय २१ जना संक्रमितको ज्यान गुमेको मन्त्रालयले जनाएको छ ।
अहिलेसम्म भारतमा २ करोड ९५ लाख १० हजार भन्दा धेरैमा संक्रमण भएको छ । ती मध्ये २ करोड ८१ लाख ६२ हजार भन्दा धेरै संक्रमणमुक्त भएका छन् भने ३ लाख ७४ हजार ३ सय भन्दा धेरैको मृत्यु भएको सरकारी तथ्यांक छ ।
भारतमा अहिले ९ लाख ७३ हजार भन्दा धेरै सक्रिय संक्रमित छन् ।
अहिलेसम्म भारतले आफ्ना २५ करोड ४८ लाख भन्दा धेरै नागरिकलाई कोरोना भाइरसविरुद्धको खोपको कम्तीमा पहिलो मात्रा लगाइसकेको छ ।
प्रतिक्रिया