काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट आज लिक्विड अक्सिजन प्लान्टको शिलान्यास गरेका छन्। शिलान्यासपछि बालुवाटाबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोनाको दोस्रो लहर सुरू भएपछि अक्सिजनको तीव्र अभाव भएको उल्लेख गर्दै अब अभाव हुन नदिन लिक्विड प्लान्ट स्थापना गरिन लागेको बताए।
‘दोस्रो लहरले अक्सिजन र सिलिन्डर अभावले ग्रस्त बनायो। त्यतिबेला हामीले महँगो मूल्य तिरेरै पनि अक्सिजन सिलिन्डर किन्यौं’, प्रधानमन्त्रीले ओलीले भने। अचानक बढेको उच्च मागलाई सम्बोधन गर्न त्यतिबेला देशमा उपलब्ध साधन स्रोत र संरचनासमेत अपर्याप्त भएपछि भारतबाट अक्सिजन आयात गर्ने लगायतका कामसमेत गरिएको प्रधानमन्त्रीले उल्लेख गरेका थिए।
अक्सिजन प्लान्ट स्थापना र सञ्चालनलाई सफल पार्न सरकारका तर्फबाट भन्सार छुट लगायतका सहयोग हुने प्रधानमन्त्रीको भनाइ छ। रुपन्देहीको सिमरहवामा स्थापना हुने यो अक्सिजन प्लान्टबाट प्रतिदिन कूल ६० मेट्रिकटन अक्सिजन उत्पादन हुन्छ।
प्रतिक्रिया