काठमाडौं ।
बाँकेमा कोरोना (कोभिड १९) संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार बैतडी, बर्दिया, सल्यान, बाँके र दाङका एकरएकजना गscरी कुल ५ जनाको मृत्यु भएको हो । कोरोना संक्रमणबाट मृत्यु हुने यो संख्या शनिबार दिउँसो ३स्४५ देखि आइतबार बिहान ७ बजेसम्मको हो ।
बैतडीको पुर्चौडी नगरपालिका ८ का ५५ वर्षीय पुरुषको शनिबार दिउँसो ३ः४५ बजे भेरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उनीमा जेठ १५ गते संक्रमण पुष्टि भएको थियो ।
यसैगरी बर्दियाको राजापुर नगरपालिका १ की ४९ वर्षीया महिलाको शनिबार ४ बजे भेरी अस्पतालमा मृत्यु भएको हो । उनीमा जेठ १० गते संक्रमण पुष्टि भएको थियो ।
यसैगरी सल्यानको कालिमाटी गाउँपालिका २ का ४६ पुरुषको शनिबार राति १२स्४५ बजे भेरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको फोकल पर्सन ओलीले बताए । उनीमा जेठ १ गते संक्रमण पुष्टि भएको थियो ।
दाङको लमही नगरपालिका १ की ३२ महिलाको आइतबार बिहान ७ बजे भेरी अस्पतालमा मृत्यु भएको हो । उनीमा जेठ २० गते संक्रमण पुष्टि भएको थियो । बाँकेको बैजनाथ गाउँपालिका ५ का ६७ पुरुषको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा आइतबार बिहान ४स्१० बजे मृत्यु भएको हो । उनीमा जेठ ५ गते संक्रमण पुष्टि भएको थियो ।
प्रतिक्रिया