९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

सर्वोच्च फैसलालाई पार्टी एकताको मार्ग बनाउन सकिन्छः नेता विष्ट



काठमाडौँ ।

नेकपा एमालेका नेता गोकर्ण विष्टले सर्वोच्च अदालतले गर्ने जुनसुकै फैसलालाई स्वीकार गर्ने गरि सहमति र एकता बनाउन सकिने बताएका छन् ।

पार्टी भित्रको आन्तरिक किचलो विभिन्न बहाना र रुपमा सर्वोच्च अदालत पुगेको भन्दै पार्टी एकताका लागि सर्वोच्च अदालतले दिने फैसलालाई सबैले स्वीकार गर्ने सहमति बनाउन सकिने बताए ।

नेता विष्टले दुवै पक्षका नेताहरुले आफ्नो व्यक्तिगत इगो, मैले गरेको सहि भन्ने अडान त्याग्नुपर्ने बताए ।

संवादको क्रममा नेता विष्टले प्रतिनिधिसभा विघटन गर्ने पक्षले आफ्नो निर्णय फिर्ता लिन अप्ठ्यारो हुने र प्रधानमन्त्रीविरुद्ध अर्को व्यक्तिलाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्नेहरुलाई पनि हस्ताक्षर फिर्ता लिन सजिलो नहुने अवस्थामा सर्वोच्च अदालतले जे फैसला दिन्छ त्यसैलाई मानेर अगाििड बढ्ने एकताको बाटोमा आउन सकिने उनले बताए ।

पार्टीभित्र देखिएको व्यक्ति–व्यक्ति बिचको टसल, अडानको कारणले पार्टीलाई नै समाप्त पार्ने दिशामा लैजान नदिन एकता र कम्युनिष्ट आन्दोलनविरुद्ध भएका सबै निर्णय खारेज गरेर पनि एकताको ढोका खोल्न सकिने नेता विष्टले तर्क गरे ।

पार्टीको आन्तरिक किचलोमा पार्टी भित्रका अतिवादी सोच भएका केही व्यक्ति र बाहिरका केही शक्तिहरुले खेलिरहेको बताए ।

बाहिर भएकालाई पार्टीभित्रै ल्याउनै हुन्न भन्ने र बाहिर रहेकाले आफ्नो अडान नमाने छुट्टै बाटो बनाउनुपर्छ भन्ने विचारले अन्तरकलह बढाइरहेको नेता विष्टले बताए ।

प्रकाशित मिति : २७ जेष्ठ २०७८ बिहिबार ००:००  १ : ०३ बजे