मायादेवी अनलाइन, तौलिहवा ।
मल धानको बीउ सिँचाईको अभावको अभावमा कृषकहरु छटपाइरहेका बेला कपिलवस्तु नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष प्रकाश गैरेले सरकारले मल उन्नत जातको धानको बीउ र सिंचाईको व्यवस्था गर्न माग गरेका छन ।
अन्न भण्डारकका रुपमा रहेको कपिलस्तुमा मल र सिंचाई नहुँदा कृषकहरु चरम मारमा परेकाले सरकारले जसरी पनि मल र सिंचाईको ब्यवस्था गर्न उनले जोडदार माग गरेका हुन ।
‘कपिलवस्तुमा मल उन्नत जातको धानको बीउ र सिचाई नहुँदा कृषकहरु समस्यामा परेका छन’ उनले भने ‘तर सरकारले अनेक बाहना गरेर कृषकहरुलाई झुक्काइरहेको छ ।’
धानको रोपाईको सिजन सूरु हुन लागकोले युरिया र डिएपी मल र पानी चाहिएको बेला कृषकहरु त्यसबाट बंचित हुनु परेको उनले बताए । सिमित अनुदानको मलमा कृषि सहकारी कै हालीमुहाली रहेको र केही कृषकहरुले भारतबाट एक दुई बोरा मल ल्याउदा समेत सुरक्षाकर्मीले दुःख दिने गरेको उनले बताए ।
उनले जिल्लामा उन्नत जातको धानको बीउको अभाव भएको र जारी निषेधाज्ञाले गर्दा कृषहरु समस्यामा परकाले प्रशासन कार्यालय समेत यो बिषयमा गंभीर हुनु पर्ने उनले बताए ।
कृषि क्रान्तिको नारा दिने वर्तमान दुई तिहाईको सरकारले कृषकको भावना माथी चोट पुर्याएको बताए । उनले कृषकहरुलाई तत्कालै मल उपलब्ध गराउनु पर्ने र अन्यथा कृषकहरु आन्दोलनमा उत्रनुको बिकल्प नरहेको उनले बताए ।
जिल्लामा ७२ हजार हेक्टरमा धान खेती गरिन्छ । र त्यसका लागि अहिले १० हजार बढी युरिया मल चाहिने कृषकहरु बताउँछन । उता एक महिला भन्दा लामो लकडाउनले दैनिक ज्याला मजदुरी गरी पेट पाल्दै आएका मजदुरहरुलाई तत्कालै राहत उपलब्ध गराउनु पर्ने उनले माग गरेका छन ।
आफुले वास्तविक पीडीतहरुलाई राहत उपलब्ध गराउन लागि परको भन्दै संघीय, प्रदेश र स्थानीय सरकारले पनि राहतका लागि चाडो कदम चाल्न उनले अपील गरेका छन ।
प्रतिक्रिया