९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

मैत्रीपूर्ण खेलमा पोर्चुगलद्धारा इजरायल चार गोलले पराजित



काठमाडौं ।
युरोकपअघिको मैत्रीपूर्ण फुटबलमा पोर्चुगलले इजरायललाई हराएको छ । गएराति भएको खेलमा पोर्चुगलले इजरायललाई ४–० गोलले हराएको हो ।

पोर्चुगलको जितमा ब्रुनो फर्नान्डेजले दुई तथा क्रिस्टियानो रोनाल्डो र क्यान्सेलोले एक/एक गोल गरे । ४२ औं मिनेटमा पहिलो गोल गरेको पोर्चुगलले ४४ औं मिनेटमै दोस्रो गोल थपेको थियो ।

युरोकप फुटबलमा पोर्चुगलले आफ्नो पहिलो खेल आउँदो मङ्गलवार हङ्गेरीसँग खेल्नेछ ।

प्रकाशित मिति : २७ जेष्ठ २०७८ बिहिबार ००:००  ६ : १९ बजे