८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

कोरोना संक्रमणबाट बाँकेमा थप चार जनाको मृत्यु



नेपालगन्ज ।

बाँकेमा थप चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृतक सबै बाहिरी जिल्लाका रहेका छन् । बाँकेका विभिन्न अस्पतालमा उपचाररत ४ संक्रमितको बिहीबार बेलुका ६ बजेदेखि शुक्रबार बिहान साढे ५ बजे भित्रमा मृत्यु भएको हो । मृत्यु हुनेमा प्युठानका १, बर्दियाका १, सल्यानका १ र दाङका १ जना रहेका छन् ।

जिल्ला कोभिड व्यवस्थापन समिति बाँकेका फोकल पर्सन तेज ओलीका अनुसार, ठाकुरबाबा–९, बर्दियाका ६८ वर्षीय पुरुषको हिजो बेलुका ६ बजे नेपालगन्ज मेडिकल कलेज र बागचौर–३, सल्यानका २७ वर्षीय पुरुषको राति १२ः१५ बजे मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको छ ।

त्यसैगरी, प्युठान नगरपालिका–४, प्युठानकी ४७ वर्षीया महिलाको शुक्रबार बिहान ४ः०० बजे भेरी अस्पताल नेपालगन्जमा र लमही नगरपालिका–४, दाङका ५८ वर्षीय पुरुषको आज बिहान ५ः३० बजे मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको छ ।

यो सँगै बाँकेमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६०२ पुगेको छ । जसमध्ये, २९६ जना बाँकेका हुन् भने, ३०६ जना बाहिरी जिल्लाका हुन् ।

प्रकाशित मिति : २१ जेष्ठ २०७८ शुक्रबार ००:००  २ : ५८ बजे