नेपालगन्ज ।
बाँकेमा थप पाँच जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृतक सबै बाहिरी जिल्लाका रहेका छन् । बर्दिया बढैयाताल गाउँपालिका– ४ का ३४ वर्षीय पुरुषको भेरी अस्पतालमा मृत्यु भएको छ । वैशाख ३० गते पीसीआर गरेका उनलाई त्यही दिन भर्ना गरिएको थियो । सोही गाउँपालिका– ३ का ५५ वर्षीय पुरुषको पनि भेरीमै मृत्यु भएको छ । जेठ ५ गते पीसीआर गरेका उनलाई ६ गते अस्पताल भर्ना गरिएको थियो ।
दाङ तुलसीपुर उपमहानगरपालिका– ६ का ६५ वर्षीया महिलाको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ । जेठ १० गते पीसीआर गरिएका उनलाई त्यही दिन भर्ना गरिएको थियो ।
दैलेख आठबिस नगरपालिका–४ का ३० वर्षीया महिलाको भेरीमा मृत्यु भएको छ । जेठ १३ गते पीसीआर गरिएका उनलाई १९ गते भर्ना गरिएको थियो ।
सल्यान कालीमाटी गाउँपालिका– १ का ३७ वर्षीया महिलाको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ । जेठ १५ गते पीसीआर गरेका उनलाई १७ गते भर्ना गरिएको थियो । यो सँगै बाँकेमा उपचार गराउन आउँदा मृत्यु हुनेको संख्या तीन सय पुगेको छ ।
प्रतिक्रिया