८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

कैलालीमा कालो ढुसीको संक्रमणबाट एक जनाको मृत्यु



कैलाली ।

कैलालीको सेती प्रादेशिक अस्पतालमा कालो ढुसीको संक्रमणबाट एक जनाको मृत्यु भएको छ । म्युकोर्माईकोसिस (कालो ढुसी) को रोगका कारण आज अस्पतालमा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा कैलालीको बर्दगोरीया ६ का ६५ बर्षिया एक पुरुष रहेको अस्पतालले जनाएको छ ।

जेठ १७ गते भर्नागरी पिसिआर परिक्षण गरि अस्पताल भर्ना गरिएको थियो तर कोरोना रिपोट नेगेटिभ आएपनि उनको आज बिहान ७ बजे मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार कालो ढुसीबाट अस्पतालमा मृत्यु हुनेमा पहिलो व्यक्ती उनै भएका छन्। यसअघि यस्तो लक्षणका कुनै पनि बिरामी अस्पतालमा फेला परेका थिएनन ।

मृतकको उपचारमा संलग्न डाक्टर शेर बहादुर कमर, डा निशान भटराई र डा अशोक श्रीपाईलीको टिमले उनमा कालो ढुसीको लक्षण देखिएपछि बायोप्सी परीक्षण गर्दा पुष्टि भएको श्रेष्ठको भनाई छ ।

मधुमेह, क्यान्सर, कोरोना संक्रमित र प्रतिरोधी क्षमता कमजोर भएकालाई यो रोगले बढी आक्रमण गर्ने गरेको बताईएको छ ।

प्रकाशित मिति : २० जेष्ठ २०७८ बिहिबार ००:००  ३ : ३२ बजे