७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

नेपालमा कोरोनाको नयाँ भेरियन्ट फेला परेको जानकारी छैनः डब्ल्यूएचओ



काठमाण्डौ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले नेपालका कोभिड–१९ कोरोना भाइरस) को कुनै नयाँ भेरियन्ट भेटिएकोबारे जानकारी नभएको बताएको छ ।

नेपालमा कोरोनाको नयँ भेरियन्ट फैलिएको भनेर हल्ला चलिरहेका बेला डब्ल्यूएचओको नेपालमा रहेको कार्यालयले बिहीवार आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत यसबारेमा जानकारी दिएको हो ।

‘नेपालमा सार्स कोभ २ को नयाँ भेरियन्ट फेला परेको भन्ने कुरामा विश्व स्वास्थ्य सङ्गठन अवगत छैन’, फेसबुक पेजमा भनिएको छ ।

नेपालमा रहेका भेरियन्टहरू अल्फा (बी.१.१.७०, डेल्टा (बी.१.६१७.२) र कप्पा (बी.१.६१७.१) रहेको डब्ल्यूएचओले जनाएको छ ।

यस्तै अहिले नेपालमा सक्रिय रहेको भेरियन्ट डेल्टा (बी.१.६१७.२) रहेको जानकारी दिइएको छ । भारतमा भेटिएको भेरियन्ट (बी १.६१७.२) लाई डब्ल्यूएचओले डेल्टा नाम दिएको छ ।

प्रकाशित मिति : २० जेष्ठ २०७८ बिहिबार ००:००  ३ : २३ बजे