७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

कपिलवस्तु घर भएका ३५ बर्षीय चिकित्सकको कोरोनाका कारण मृत्यु



सिद्धार्थनगर ।
कोरोना संक्रमणका कारण कपिलवस्तु घर भएका ३५ बर्षीय फिजिसियन डा. पशुपति रजौरियाको उपचारको क्रममा ग्राण्डी इन्टरनेसनल हस्पिटल काठमाडौंमा बुधबार राति मृत्यु भएको छ । उनी युनिभर्सल मेडिकल कलेज शिक्षण अस्पताल भैरहवामा कार्यरत थिए । कोरोना संक्रमण भएपछि उनी बैशाख २० गते युनिभर्सल मेडिकल कलेजको एचडीयू कक्षमा भर्ना भएका थिए ।

चार दिनसम्म त्यहाँ उपचार गरेपछि उनलाई हेलिकोप्टरमार्फत काठमाडौं लगिएको युनिभर्सल मेडिकल कलेजका प्रशासकीय अधिकृत कमल ढकालले बताए । ढकालका अनुसार डा. रजौरियाकी श्रीमती डा। हसिना बानू पनि कोरोना संक्रमित थिइन् । डा. बानू अहिले भने कारोना संक्रमणमुक्त भइसकेकी छन् ।

हालसम्म मेडिकल कलेजमा १ सय ६० जना स्वास्थ्यकर्मीहरु कोभिड संक्रमित भएपनि चिकित्सक मृत्यु भएको यो पहिलो घटना भएको ढकालले बताए । डा. रजौरियाले कोभिड विरुद्धको खोप नलगाएको मेडिकल कलेजले जनाएको छ ।

प्रकाशित मिति : २० जेष्ठ २०७८ बिहिबार ००:००  २ : ३५ बजे