काठमाण्डौँ ।
एमाले केपी ओली पक्षले माधव नेपाल समूहले बोलाएको केन्द्रीय कमिटी बैठकमा सहभागी नहुन केन्द्रीय सदस्यहरूलाई सचेत गराएको छ । एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले विज्ञप्ति जारी गरी पार्टीबाट निकालिएका व्यक्तिले केन्द्रीय कमिटी बैठक बोलाएको भन्दै निन्दासमेत गरेका छन् ।
‘अध्यक्षसँगको परामर्शमा महासचिवले बैठक बोलाउने नेकपा ९एमाले०को वैधानिक व्यवस्थाविपरीत पार्टीले कारबाही गरेका अनधिकृत व्यक्तिले नेकपा एमाले केन्द्रीय कमिटीको बैठक बोलाएको भन्ने सुन्नमा आएको छ ।
त्यस्तो कृयाकलापको निन्दा एवं भर्त्सना गर्दछु’, विज्ञप्तिमा भनिएको छ, ‘पार्टी केन्द्रीय कमिटीका सदस्य कमरेडहरूलाई पार्टीको विधान र मुलुकको कानुनविपरीतको त्यस्ता कृयाकलापमा सहभागी नहुन सूचित गर्दछु ।’
प्रतिक्रिया