७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

१५ हजार मेट्रिक टन युरिया भित्रियो



पर्सा ।

कृषि सामग्री कम्पनीको ३० हजार मेट्रिक टन युरिया मलमध्ये १५ हजार मेट्रिक टन वीरगन्ज ल्याइएको छ । कम्पनीले ग्लोबल टेन्डरमार्फत आयात गरिरहेको मल दुई सातायता वीरगन्जस्थित सिर्सिया बन्दरगाहमा क्रमशः आउन थालेको छ ।नेपालकै जोशी बिज हाउसले ग्लोबल टेन्डरबाट मल आयातको टेन्डर पाएको हो । उसले चीनबाट यो मल आयात गरेको छ ।

कम्पनीको वीरगन्ज क्षेत्रीय कार्यालय प्रमुख गोरखनाथ केसीका अनुसार, यो कन्साइन्मेन्टको ३० हजार मेटन युरियामध्ये १२ हजार ५ सय मेटन वीरगन्ज, १० हजार मेटन भैरहवा र ७ हजार ५ सय मेटन विराटनगर क्षेत्रीय कार्यालयले पाउने कोटा रहेको छ । त्यसैअनुसार वीरगन्ज र भैरहवा कार्यालयको मल एकैसाथ सिर्सिया सुक्खा बन्दरगाहमा आएको छ ।

वीरगन्जमा कुल २२ हजार ५ सय मेटन मल आउनेमा १५ हजार मेटन आइसकेको र बाँकी मल ३ वटा रेल्वे र्‍याकमा आउने छ । प्रत्येक रेल्वे र्‍याकले २ हजार ५ सय मेटनसम्म मल बोक्छ ।

प्रकाशित मिति : २० जेष्ठ २०७८ बिहिबार ००:००  ८ : ५१ बजे