७ मंसिर २०८१, शुक्रबार | Fri Nov 22 2024

वाणगंगा नगरपालिकाले झण्डै १ अरव ३० करोडको बजेट ल्याउँदै



मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुको वाणगंगा नगरपालिकाले आगामी आव ०७८/०७९ का लागि झण्डै १ अरब ३० करोडको बजेट ल्याउने भएको छ ।

आगामी असार १५ गते भित्रै बजेट सार्वजनिक गर्नुपर्ने बाध्यताका बीच वाणगंगा अहिले बजेटको तयारीमा छ ।

साप्ताहिक रेडियो कार्यक्रम ‘हाम्रो वाणगंगा, राम्रो वाणगंगा’ मा बोल्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ले आगामी बर्षको लागि नगरपालिकाले १ अरब ३० करोडको बजेट ल्याउने तयारी गरेको जानकारी दिनुभयो ।

उहाँले केन्द्र सरकारबाट ६३ करोड बजेट आएको भन्दै नगरको आन्तरिक तर्फ ४८ करोडको बजेट हुने अनुमान गरिएको बताउनुभयो । यस्तै असार १ गते प्रदेशबाट आउने बजेटको टुंगो लाग्ने उहाँले बताउनुभयो ।

आगामी बजेटमा नगरको प्राथमिकता अधुरा आयोजनाको निर्माण रहेका छन । यस्तै थप रणनितिक आयोजनाको बारेमा छलफल भैरहेको जनाइएको छ ।

यस्तै आगामी बर्षमो बजेटले कोभिड पछि थलिएको स्थानीय अर्थतन्त्र उकास्ने कार्यक्रम ल्याउने तयारी भैरहेको स्रोतले जनाएको छ । रोजगारी सिर्जना र पूर्वाधार विकास पनि नगरको बजेटमा प्राथमिकतामा पर्ने जनाइएको छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०७८ बुधबार ००:००  ४ : ३० बजे