काठमाडौं ।
नेकपा एमाले खनाल-नेपाल समूहले केपी ओलीसँग शर्तसहित कुनै वार्ता नहुने बताएको छ । नेकपा एमालेका दोस्रो पुस्ताका नेताहरूको सघन संवादका क्रममा नेपाल समूहले यस्तो बताएको हो।
एमाले नेता युवराज ज्ञवालीले भने,‛तपाईंहरू प्रष्ट हुनुुस् केपी ओलीले एमाले चलाइरहेका छैनन्। अहिले उनी एमालेका अध्यक्ष पनि छैनन् । एमाले भनेको सर्वोच्च अदालतले २०७५ जेठ २ गते फर्काएको एमाले हो। ओली पार्टी चलाइरहेका केपी ओलीसँग शर्तसहित संवाद हुन्छ भन्ने भ्रम नपाले हुन्छ । शर्तसहित वार्तामा बस्दैनौँ। बस्नै परेछ भने, हाम्रो शर्त भनेकै जेठ २ मा पार्टी फर्काउने हो । त्यसमा उनी सहमत हुन्छन् भने बसेर संवाद गर्न कठिनाइ छैन। मान्दैनन् भने ठीकै छ।’
सोमबार प्रधानमन्त्री केपी ओलीका तर्फबाट सुवास नेम्वाङ, अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र खनाल–नेपाल समूहका घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, योगेश भट्टराईबीच झण्डै पाँचघण्टा वार्तालाप भएको थियो ।
स्रोतका अनुसार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली जेठ २ मा फर्कन तयार रहने तर माधवकुमार नेपाल समूहले यसबीचमा गरेका गतिविधि फिर्ता लिएर सार्वजनिक पमा आत्मआलोचित हुनुपर्ने ‘शर्त–बन्देज’ अघि सारेका छन् ।
प्रतिक्रिया